२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पाेल्याण्ड पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने २ जना पक्राउ

Untitled
Untitled
Untitled

काठमाडौं । वैदेशिक रोजगारको लागि पोल्याण्ड पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेका छ ।

काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सप्तरी घर भइ काठमाडौँ महानगरपालिका ३१ बस्ने कृष्ण यदुवंशी र गोरखा घर भइ काठमाडौँको सामाखुसी बस्ने राजेश बराम रहेका छन्।

प्रहरीका अनुसार कृष्ण यदुवंशीले पोल्याण्ड पठाइदिन्छु भन्दै बहत्तर लाख अठचालीस हजार एक सय पचास रूपैयाँ ठगी फरार रहेका थिए भने राजेशले सोही देश पठाइदिन्छु भन्दै आठ लाख नब्बे हजार ठगी फरार रहेका थिए।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

Untitled
Untitled
Untitled