२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रेम सर्वनाममा गुन्जिए

Untitled
Untitled
Untitled

काठमाडौं : कवि, गीतकार तथा गजलकार प्रेमप्रसाद भट्टराईको एकल गजल वाचन सप्पन्न भएको छ । गोधूली साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा भट्टराईले गजल वाचन गरेका थिए । सोही कार्यक्रममा भ्वाइस अफ नेपाल प्रथम  बिजेता सि डि बिजय अधिकारीले भट्टराईका गजल गाएर साथ दिएका थिए ।

कार्यक्रमको सहजीकरण चर्चित गजलकार बाबू त्रिपाठीले गरेका थिए भने कार्यक्रमको संयोजन कवि प्रज्वल अधिकरीले गरेका हुन् ।

प्रवास कतारमा रहेर पनि विभिन्न साहित्यिक संघसंस्थामा तथा संगठनमा नेतृत्व गर्दै नेपाली भाषा साहित्यमा तल्लिन गजलकार प्रेमप्रसाद भट्टराईलाई गोधूली प्रतिष्ठानका तर्फबाट अध्यक्ष प्रकाश समीरले गोधूली साहित्य सम्मानद्द्वारा सम्मानित समेत गरिएको थियो ।

Untitled
Untitled
Untitled