२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौँमा द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स आयोजना हुँदै

Untitled
Untitled
Untitled

काठमाडौं । काठमाडौँमा “द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स“ काे आयोजना डिसेम्बर १४ र १५ मा हुँदैछ ।

नेपालमा अंग प्रत्यारोपण गर्ने सोसाईटीहरुको संयुक्त आयोजनामा यही २९ र ३० गते द हिमालयन अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंको नयाँ बानेश्व स्थित होटल एभरेष्टमा आयोजना गरिएकाे हाे ।

यो सम्मेलनमा १९ देशका प्रत्यारोपणको क्षेत्रमा ख्याती प्राप्त चिकित्सक तथा नेपाली चिकित्सक प्राविधिक, कानूनविद, पत्रकार र प्रत्यारोपण क्षेत्रमा सरोकार राख्ने करीब ३०० जनाको सहभागीता रहने कुरा सम्मेलन आयोजक कमिटिका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्मेलन आयोजक समितिका साइन्टिफिक अध्यक्ष डा ऋषि कुमार काफ्ले, अयोजक कमिटिका सचिव डा कल्पना कुमारी श्रेष्ठ, वर्तमान अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठ, नवनिर्वाचित अध्यक्ष डा दिब्या सिंह शाह, कोषाध्यक्ष डा दिपेश श्रेष्ठलगायतले सम्मेलनको बारेमा प्रकाश पारेका छन् ।

यस सम्मेलनको उदेश्य प्रत्यारोपणका क्षेत्रका ख्याती प्राप्त प्रतिष्ठित व्यक्तित्वहरूलाई एउटै छानामुनि ल्याई प्रत्यारोपणको सीप र ज्ञानको आदानप्रदान गरी नेपालमा अंग प्रत्यारोपणलाई सफल बनाउन मद्दत पुर्याउनु हो भने अंग दान र प्रत्यारोपणका सम्बन्धमा कानून विद्, राजनीतिज्ञ, कलाकार, पत्रकार, समाजसेवी तथा अन्य सरोकार वालाहरुमा जनचेतना फैलाउनु हो ।

दुई दिनसम्म हुने यस सम्मेलनमा जम्मा २६ वटा कार्यपत्रहरु प्रस्तुत हुने छ पहिलो दिन विभिन्न विषयहरूमा विश्वका प्रख्यात वक्ताहरूबाट बिशेष प्रस्तुतीहरू रहने छन् । २९ गते साँझ ५ बजे कार्यक्रमको औपचारिक उद्घाटन हुनेछ भने दोस्रो दिन अतिथि वक्ताहरू तथा चिकित्सक र अनुसन्धानकर्ताहरूलाई आफ्नो कार्यपत्र प्रस्तुत गर्ने र सम्मेलनको समापन गर्ने कार्यक्रम रहेको छ ।

यस सम्मेलनमा इच्छुक सहभागीहरूले सम्मेलनको वेबसाइट,मार्फत अनलाइन दर्ता गर्न सकिनेछ । यदि कसैको अनलाईन दर्ता गर्न छुट भएमा सम्मेलनकै दिन तत्काल दर्ताको प्रावधान पनि रहेको छ ।

यो सम्मेलन मुख्यतया अङ्ग प्रत्यारोपणको क्षेत्रमा विशेष चासो राख्ने इच्छुक चिकित्सकहरू कानून विद्, राजनीतिज्ञ, कलाकार, पत्रकार, समाजसेवी तथा अन्य सरोकार वालाहरुलाई लक्षित गरिएको जानकारी गराइएकाे छ ।

Untitled
Untitled
Untitled