२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोरमा चल्न थाले यातायातका साधन

Untitled
Untitled
Untitled

वागलुङ, गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा यातायातका साधन चल्न थालेका छन् ।

भारी वर्षाका कारण वागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो ।

वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याविनसहितको पर्खाल उठाएर यातायातका साधन चल्न थालेको गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुई सातादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण वागलुङसँग बुटवल, भैरहवा र मुक्तिनाथ जाने सवारीसाधन बाटोमै रोकिएका थिए ।

रासस

Untitled
Untitled
Untitled