२०८३ जेठ २८ बिहीवार | Thursday, Jun 11 2026

चौथोपटक प्रधानमन्त्री बन्दै एमाले अध्यक्ष ओली, शपथग्रहण भोलि

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आज साँझ ५ बजेसम्मको समय दिएर प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिको आह्वानलगत्तै कांग्रेसको समर्थनमा ओलीले दाबी प्रस्तुत गरेका थिए ।

सम्माननीय राष्ट्रपतिज्यूले सरकार गठन गर्न आह्वान गरेको समयसीमा सकिएपछि नै प्रधानमन्त्रीमा नियुक्त र शपथको प्रक्रिया अगाडि बढ्छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरिए पनि शपथ भने सोमबार हुने जनाइएको छ ।

त्यसक्रममा उनले केही मन्त्रीलाई पनि शपथ गराउने तयारी थालेका छन् ।

Untitled
Untitled
Untitled