२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इङ्ल्याण्डलाई फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा, उपाधिका लागि भोलि साउथ अफ्रिकासँग खेल्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, भारत आइसीसी टी २० विश्वकपको फाइनलमा पुगेको छ ।

गएराति सम्पन्न सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत १० वर्षपछि फाइनलमा पुगेको हो ।

साविक विजेता समेत रहेको इङ्ल्यान्डलाई फराकिलो अन्तरले हराउँदै भारत तेस्रो पटक टी २० विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ब्याटिङ् चल्न नसकेपछि १६ दशलमव ४ ओभरमा १३ रनमा समेटियो ।

इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात गरे पनि अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।

भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए । जसप्रित बुम्राहले २ विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७१ रन बनाएको थियो ।

ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे ।

हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे ।

भारतले फाइनलमा भोलि राति सवा ८ बजे दक्षिण अफ्रिकासँग खेल्नेछ । अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ ।

दक्षिण अफ्रिकाको विश्वकपमा पहिलो फाइनल यात्रा हो भने भारतको तेस्रो हो । सन् २००७ को पहिलो संस्करण जितेको भारतले तेस्रो पटक फाइनल खेल्नेछ ।

सन् २०१४ मा भारत श्रीलंकासँग फाइनलमा पराजित भएको थियो ।

Untitled
Untitled
Untitled