२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

लमजुङमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम

Untitled
Untitled
Untitled

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा बाल अधिकार सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय लमजुङको आयोजनामा जिल्ला बाल अधिकार समिती र जिल्ला बाल संजालका पदाधिकारिलाइ बाल अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको थियोे ।

सामाजिक विकास कार्यालय लमजुङका प्रमूख सन्तोश पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा रास्ट्रिय बाल अधिकार प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले, सरकारी वकिल कार्यालय लमजुङका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता पुर्णबहादुर थापा मगर, शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख विरबहादुर गुरुङ लगायतले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा रास्ट्रिय बाल अधिकार प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बाल अधिकार सम्बन्धि महासन्धी १९८९ को सिद्धान्त, बाल अधिकार, बाल संरक्षण वा बाल बालबालिका सम्बन्धि ऐन २०७५ मा भएका व्यवस्थाहरु, बालबालिकाको विषय सम्बोधन गर्ने आधार जिम्मेवारी र दायित्व, नेपालमा बालबालिकाको सम्बन्धमा भएका प्रगति र चुनौतीबारे जानकारी गराउनु भएको थियोे ।

जिल्ला न्यायाधिवक्ता पुर्णबहादुर थापा मगर बाल बिज्याई अर्थात बालबालिकाले गैरकानुनी काम गरेमा के कस्तो सजाय हुन्छ, बालवालिकाको हकमा नेपालका न्याय प्रणालीको वारेमा जानकारी गराउनुभएको थियो ।

शिक्षा इकाई प्रमुख विरवहादुर गुरुङले बालवालिकाको चौतर्फि विकास तथा शिक्षाको क्षेत्रमा सरकारले दिने सेवा सुविधा, छात्रवृत्ति लगायतका वारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णवहादुर गुरुङ, सुन्दरवजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, जिल्ला बाल अधिकारी समिति लमजुङका अध्यक्ष सुष्मिता अधिकारीको विशेष उपस्थिती थियो । औपचारिक कार्यक्रमको सञ्चालन सामाजिक विकास कार्यालय अन्तर्गत आपतकालिन आश्रय सेवा केन्द्रकी सृजना पौडेलले गर्नुभएको थियो ।

जिल्ला सदरमुकाम बेसीशहरमा शुक्रबार मात्रै जिल्लास्तरीय बाल क्लव गठन भएको हो । जिल्लाका आठवटै स्थानिय तहबाट प्रतिनिधित्व हुनेगरी गठन गरीएको बाल क्लव पदाधिकारी एवं अन्य सरोकारवालाहरुलाई प्रशिक्षणात्मक अभिमुखीकरण भएको हो ।

कार्यक्रम जिल्लास्थित ८ वटै स्थानीय तहका महिला तथा बालवालिका शाखा प्रमुख, पालिका स्तरीय बाल क्लवका पदाधिकारी सहभागि थिए ।

Untitled
Untitled
Untitled