२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रिय परिचयपत्र बनाउन सास्ति, अक्सिजन सिलिण्डर लिएर आउनु पर्ने बाध्यता

Untitled
Untitled
Untitled

काठमाण्डू, फोटामा देखिएका जेष्ठ नागरिक काठमाण्डूस्थित नारायणहिटी राजदरबार सङ्ग्रहालय परिसरमा रहेको राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा अक्सिजन सिलिण्डर लिएरआएका छन् ।

राष्ट्रिय परिचयपत्र भएन भने वृद्धभत्ता पाइँदैन भनेर वडाध्यक्षले भनेपछि उनी परिचय पत्र बनाउन अक्सिजन सिलिण्डर लिएर अउन परेको हो ।

जुनसुकै सरकारी कामदेखि बैंक खाता खोल्न पनि सरकारले परिचय पत्र अनिवार्य गरेपछि अशक्त र जेष्ठ नागरिकले पाउनु दुःख पाउने गरेका छन् ।

बत्ती गयो भनेर कुरिबसेका उनी पालो र बत्तिको पर्खाइमा छन् । खै हाम्रो सरकारले के गरेको हो ? भन्दै नाम समेत बताउन नचाहने उनी श्वासप्रश्वासका कारण बोल्ने मुडमा थिएनन् ।

धेरै पटक नाम र ठेगाना सोध्ने कोशिस गरिएपनि उनले कुनै जवाफ दिएनन् ।

एकछिन पछि उनले भने, ‘मैले नाम थर भने तिमिहरुले मेरो परिचय पत्र बनाइदिने होइनौं भन्दै झोक्किए’ ।

छोराले आमा र बुवाको परिचय पत्र बनाउन लिएर आएका थिए ।

यस्तो दुः ख पाउने उनी मात्र होइन । दैनिक जसो राजदरबार सङ्ग्रहालय परिसरको राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा देखिन्छ ।

घण्टौँ लगाएर परिचयपत्रका लागि तस्बिर खिचाउन आउनेको सहजताका लागि स्थानीयस्तरमै ब्यावस्था गर्न आवश्यक छ ।

 

Untitled
Untitled
Untitled