२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आजदेखि पोलियोविरुद्धको खोप अभियान सुरु

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले आजदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।

दुई हप्तासम्म चल्ने अभियानमा पोलियोविरुद्धको बालबालिकालाई ‘आईपीभी’ खोप दिइनेछ । आईपीभी खोप नेपालमा २०७१ असोज महिनादेखि शुरु भएको थियो ।

तर, २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिका यो खोप लगाउन छुटेका थिए । अभियानमार्फत छुटेका ती बालबालिकालाई आईपीभी खोप दिन लागिएको हो ।

यसअघि खोप लगाउन छुटेका बालबालिकालाई अभियानमा सहभागी गराउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभागले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले बालबालिकालाई खोप लगाउन अनुरोध गरेको छ ।

देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई ‘आईपीभी’ लगाइने विभागको योजना छ ।

२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले खोप लगाउन सक्ने छन् । पोलियो रोग पोलियो भाइरसबाट हुने एक सरुवा रोग हो ।

यो रोग लागेमा विभिन्न लक्षणसहित पक्षघात हुने र ज्यानैसमेत जान सक्छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।

Untitled
Untitled
Untitled