२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

Untitled
Untitled
Untitled

काठमाण्डू, संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने सम्भावित कार्यसूची छ ।

नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि पारित गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभाको बैठकमा भने अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८० – ८१ को आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।

यसैगरी उनले बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रतिनिधिसभाको आज बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरिले राष्ट्रियसभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पनि राष्ट्रियसभामा उत्पति भएको विद्युत ब्यापार विद्येयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धी समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

Untitled
Untitled
Untitled