२०८३ असार ८ सोमवार | Monday, Jun 22 2026

मासिंदै छन् काठमाडौंका सडकपेटी, उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन ( तस्वीरहरू )

Untitled
Untitled
Untitled

काठमाडौं, महानगरजस्ता ठूला शहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ ।

अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडकपेटी कम्तीमा पनि डेढ मिटर चौडा हुनुलाई उपयुक्त मानिन्छ ।

पैदल यात्रु हिँड्नका लागि प्रयोगमा आउने भएकै कारण सडकपेटीमा कुनै पनि किसिमका अवरोध हुन नहुने यसको महत्वपूर्ण विशेषता हो ।

तर, नेपालको राजधानी काठमाडौंंका सडकपेटीको अवस्था अस्तव्यस्त छ ।

काठमाडौंका सडकपेटी साँघुरा छन् । कतिपय स्थानमा त सडकपेटीको व्यवस्था नै छैन । भएका सडकपेटीमा पनि निर्माण सामग्री छरपस्ट छन् ।

कतै भत्किएको, बिग्रिएको अवस्था यत्रतत्र छ । यसले सडकपेटीहरु सकिइरहेका छन्, पैदलमार्ग हराइरहेका छन् ।

राजधानी काठमाडौंमा मात्र होइन उपत्यकाभित्रै धेरैतिर सडकपेटीको राम्रो व्यवस्थापन छैन ।

सडकपेटीहरु निर्माणको पखाईमा छन् । लाग्छ सडकपेटी उद्धारको पर्खाइमा छन् । स-साना व्यापारीहरूले सडकपेटीलाई व्यापार गर्ने थलो बनाउँछन् ।

एकातिर सडकपेटी खुला तथा अवरोधरहित हुनुपर्ने मान्यता छ भने काठमाडौंका सडकपेटीको अवस्था त्यसको ठीक विपरीत पाइन्छ ।

तस्वीर : न्यूज एजेन्सी नेपाल

Untitled
Untitled
Untitled