२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

फागु खेल्ने क्रममा दुई पक्षकाबीच भएको विवादले ललितपुरमा २ युवाको हत्या

Untitled
Untitled
Untitled

काठमाडौं, ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको छ । फागु खेल्ने क्रममा विवाद भएको निहुँमा दुई समूहबीच फाइट भएको थियो ।

सोही फाइटका क्रममा दुई युवाको मृत्यु भएको हो । फाइटका क्रममा २८ वर्षिय रेवाज राई र ३० वर्षिय पूजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैको मृत्यु धारिलो हतियार प्रहारबाट भएको अस्पतालले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका उनीहरुलाई नजिकैको सुमेरु अस्पताल लगिएको थियो ।

मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रेवाजको पाटन अस्पताल र पूजनको सुमेरु अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जना सुनसरी धरानका स्थायीबासिन्दा भएको प्रहरीले जनाएको छ ।

दिउँसो भएको विवादलाई लिएर राति १० बजे दुई समूहबीच झगडा भएको थियो । घटनामा संलग्न भएको आरोपमा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Untitled
Untitled
Untitled