२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

तराई मधेसमा आज ‘होली’ मनाइँदै, गीत संगीतको छुट्टै रौनक

Untitled
Untitled
Untitled

जनकपुर, तराई–मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पहाडी क्षेत्रमा फागु मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ ।

काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ ।

तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ । विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर, शुभकामना साटासाट गरी होली पर्व मनाउने गरिन्छ ।

तराईमा होलीका खेल्ने क्रममा गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । होलीमा गाइने जोगिरा सररर गीतको विशेष महत्व छ ।

तराईमा होलीका बेला बजाइने गीत संगीतले होलीको रौनकलाई थप उत्सवमय बनाउने गर्छन् ।

पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रल्हादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाउन थालिएको पुराणहरुमा उल्ल्लेख छ ।

धार्मिक प्रसंग जे भएपनि खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ ।

होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

Untitled
Untitled
Untitled