२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मनमुरीको अवसर र समृद्धी यात्राः अध्यक्ष जयकला बस्नेत

Untitled
Untitled
Untitled

पृष्ठभूमी
उदयपुरमा जन्मिएर खोटाङको इन्द्रेणीपोखरीमा कर्मघर बनाउनु भएकी जयकला बस्नेतले काठमाडौलाई कर्म थलो बनाउँदै हाल मनमुरी कृषि शहकारीको अध्यक्ष भएर काम गरीरहनुभएको छ । मानिसहरु विदेश गैरहेका बेला स्वदेशमै बसेर केहि गरौँ भन्ने इच्छा शत्तिकासाथ सकृय भएर कृषि ब्यबसाय र कृषि कर्ममा लाग्नुभएकी जयकला पौरखि महिलाहरु मध्यकी एक हुन ।

देशकालागी केहि गरौ भन्ने असल मानिसको खडेरी पर्दै गैरहेका बेला महिला ब्यत्तित्व र सफल सहकारी ब्यबसायी जयकला यसमा उदाहरण बन्न खोजिरहनु भएको छ, मनमुरी कृषि सहकारी सञ्चालन गरेर । गाउँको गाउँले जीवन भोगाइले शहरमा गएर केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने बस्नेत काठमाडौमा भविष्य खोज्दै आउनुभयको हो । यहि सन्दर्भमा उहाँले यो सहकारी संस्था २०७० सालमा अगाडी बढाएको बताउनुहुन्छ । कसैले स्थापना गरेर सञ्चालन गर्न नसकि अलपत्र भएको यो मनमुरी सहकारी तत्कालीन अबस्थामा ३ लाखमा किनेर उहाँले सञ्चालन गर्नुभएको थियो ।

साधारणसभामा सहभागीहरू

सुरुमा एक्लै सञ्चालनमा लाग्नुभएकी बस्नेतले पछिल्लो समय राम्रो टिमकासाथ सञ्चालन गर्दै आउनुभएको छ । ब्याबसायीक कर्मलाई राम्रो बनाउन उहाँले चालेका दृढ पाइला, प्रतिबद्धता र दरिलो बिश्वास सहित उहाँले गरेको ब्यबसायीक योगदान गर्ब गर्न लाएक छ । त्यतिमात्र होइन उहाँले गाउँ र शहरमा सिकेको सिप र ज्ञानलाई सहकारी ब्यबसायको रुपमा खन्याएर युवाहरुलाई खन्याएर सहकारी सदस्यहरुलाई रोजगारी पनि दिने र मानव स्वास्थ्यका लागी अति आबाश्यक तत्व पनि दिने ध्याउन्नमा निरन्तर क्रियाशील हुनुहुन्छ ।

मनमुरीका सञ्चालकहरूसँग लाेकतान्त्रिक टीमका प्रतिनिधिहरू

ब्यावसायिक जीबन यात्रामा आई पर्ने आरोह अवरोह, चुनौती र जटिलताहरुको सामना गर्दै सहकारी मार्फत समृद्धिमा लाग्नुभएकी उहाँ हाल सहकारी सञ्चालनमा लाग्नु भएको छ । आफु जन्मेको देशमै केहि गर्नुपर्छ भन्ने सोचकासाथ योे ब्यबसायमा मेहनत र लगानी दुबै लगाईरहनु भएको छ ।

१४ बर्ष अगाडीदेखि कृषि उद्यममा कृयाशिल बस्नेत मेहनती र पौरखी ब्यत्तित्व हुनुहुन्छ । देशमा व्याप्त बेरोजगारी समस्या बढि रहेको बेला र नेपालीहरु पढन र रोजगारीकै लागी विदेश पलाएन भै रहेको बेला कृषि उत्पादनबाटै केहि गर्न सकिन्छ भन्ने कुरालाई सार्थक बनाउन सिँगो सहकारी टिम सहित उहाँ निरन्तर लागी रहनुभएको छ । यसले सहकारी सदस्यहरुलाई रोजगारीको अवसर सिर्जना गर्न योगदान दिएको छ ।

कृर्षि फार्म र सहकारी यात्राः
हाम्रो कृषि, हाम्रो सहकारी, अर्गानिक बस्तु उत्पादन गरौँ, उत्पादीत बस्तुलाई प्रत्यक्ष उपभोत्ता सम्म पुर्याउँ, स्वास्थ्य भै जीबन बिताउँ, मनमा इमान्दारी, काँधमा जिम्मेवारी मष्तिस्कमा समझदार भई हातेमालो गरी हामी अघिबढौ भन्ने नाराकासाथ आर्थीक बर्ष २०७०, ७१ सालमा साविक मुलपानिमा दर्ता भै हाल कागेश्वरी मनोहरा नगरपालीका वडा नं ८ गोठाटारमा स्थापना भएर हाल सञ्चालनमा रहेको मनमुरी कृषि सहकारी संस्था सबैकोलागी प्रेणादायी संस्था बनेको छ । यसको नेतृत्व भने जयकला आँफैले गर्नुभएको छ ।

विभिन्न कारणहरुले विगत लामो समयदेखि सिंगो सहकारी अभियानमै नकारात्मक असर परीरहेको बेला त्यसबाट बचाउँदै सफल उद्यमी बस्नेतले मनमुरीलाई निक्कै गर्भिलो र उदाहरणनीय संस्था बनाउनु भएको छ । दर्ता नं ४२१६ भएको यसको कार्यक्षेत्र भने गोठाटार वडा नं ५, ६, ७, ८, ९ रहेको उहाँ बताउनुहुन्छ । उहाँ थप्दै भन्नुहुन्छ, काठमाडौमा ५३ सालमा आएर खाद्यान्यको पसल गर्दा गर्दै १४ बर्ष विताए पछि विदेश गएर त्यहाँको अनुभब र प्रविधि लिएर आउनुभएका उहाँका श्रीमानको सोच र सहयोगमा त्यहाँको प्रविधि भित्र्याएर यहिँ केहि गर्ने दुबैको सल्लाह बमोजिम कृषि फार्म खोलेर खाद्य बस्तु उत्पादन र विक्रिबितरण गर्दा गर्दै कृषि सहकारी सञ्चालनमा लागेको उहाँ बताउनुहुन्छ ।

कागेश्वरी मनाेहरा नगरपालिकामा रहेको करीब ११ जनाको २९ रोपनी जग्गा संकलन गरी लिजमा लिएर यो ब्यबसायमा लागेको, १७ जनालाई रोजगार दिएको र आम उपभोत्तालाई पनि सहुलियतमा विभिन्न खालका कृषि उपज विक्रिवितरण गरेको सुनाउनुहुन्छ ।

पछिल्लो समयमा मल विउहरु उपलब्ध हुन नसक्दा र उत्पादित वस्तुको बजार नहुँदा यो ब्यवसाय आफुले मात्र सञ्चालन गर्न नसके पछि कृषि समुह गठन गरी यसलाई आफ्नै नेतृत्वमा ७३ सालबाट कृषि सहकारी सञ्चालन गर्न थालेको उहाँ सुनाउनुहुन्छ । अहिले यसले उत्पादक र उपभोत्ताविचको पुलको काम गरीरहेको उहाँको भनाई छ । मुलुकमा बसेर सबैकालागी योगदान हुने काममा लाग्नुभयो, त्यो उहाँको महन्वपूर्ण काम त हो नै सबैकालागी उदाहरणीय काम पनि हो ।

मनमुरी हाेली समूह

शेयर पुँजीः
कतिपय कृषि सहकारी संस्थाहरु तरलता अभावको समस्याले ग्रस्त भैरहेका बेला मनमुरी कृषि सहकारी संस्था भने त्यसबाट अछुतो रहेको छ । यसका आफ्नै ग्राहक छन, आफ्नै योजना र लक्ष छ, आफ्नै बजार र विक्रिबितरण छ । त्यसले गर्दा सानातिना समस्या भएपनि त्यस्ता जटिल समस्या भने देखिँदैनन् ।

यसको शेयर पुँजी एक करोड अड्तीस लाख अठा्ईस हजार, शेयर सदस्य छ सय बीस, कर्जा प्रबाह एक करोड चौविस लाख चार हजार उनान्सय र बाह्य कर्जा बयानब्बे लाख बैसठी हजार आठ सय उन्नाईस छ ।

आम्दानि र खर्चः
यो संस्थाको आम्दानि चोवालीस लाख त्रिचालीस हजार छ सय बढि छ भने खर्च चालिस लाख नौ हजार तीन सय बढि छ । यसरी हेर्दा अघिल्लो बर्ष भन्दा यस बर्ष चार लाख चौतीस हजार बढि मुनाफा कमाएको देखिन्छ ।

सेवाहरुः
यसले अहिले आफ्नै क्षेत्रमा ब्रमकुमारी राज योग ईश्वरीय बिद्यालयको स्थापना, सरकारी निकायबाट स्वीकृत नभए पनि ६० लाख रकम छुट्यार शनिबारे खुल्ला हाटबजारको सुरुवात, डेरी सञ्चालन, अर्गानिक पसलको स्थापना, बुटिक, फलफुल र मासु पसलको स्थापनादेखि अन्य सेवाजन्य विभिन्न पसलहरुको स्थापना समेत गरेको छ ।

अभियानः
सुशासन, आत्म निर्भर एवं समृद्ध संस्था निमार्ण, सहकारीको नीति नियम, मुल्य, मान्यता सहित पुर्बाधार निमार्ण सहित कृषि उत्पादनमा प्रभावकारी कोषको निर्माण र अर्गानिक बस्तुको उत्पादन यसको अभियान रहेको छ ।

लक्ष र उद्देश्यः
संस्थाको आर्थीक विकास, ८२ साल सम्म आत्मनिर्भर र ८३ साल सम्म संस्था समुन्नत बनाउने लक्ष रहेको छ भने आबाश्यक पुुँजीको ब्यबस्था, क्षमतावान प्रशासकिय नेतृत्व चयन, आय आर्जनका कार्यक्रम सञ्चालन,गुणस्तरीय सेवा सुविधा प्रदान, लक्ष हाँसिलकालागी टिमसँग परामर्स, समावेसी र सहभागीतामुलक कार्यक्रम सञ्चालन, पुर्बाधार निमार्णका आधार तयार, सरोकार वाला निकायसँग सहकार्य र समन्वय र संस्थाका सदस्यहरुकोे आर्थीक क्षेमता अभिबृद्धी रहेका छन ।

गतिविधिः
आबाश्यक पुँजीको ब्यबस्था गर्ने, कार्यान्वयनकालागी क्षमतावान प्रशासकीय नेतृत्व चयन, आय आर्जनका कार्यक्रमहरु सञ्चालन, गुणस्तरीय सेवा सुविधा प्रदान लक्ष हाँसिलकालागी सिँगो टिमबाट परामर्स, समावेसी र सहभागीतामूलक कार्यक्रमको सञ्चालन,पुर्बाधार निमार्णका आधार तयार, सरोकारवालाहरुसँग सहकार्य र समन्वय एवं संस्थाका सदस्यहरुको आर्थीक क्षमता अभिबृद्धी गर्ने रहेको छ ।

व्यवसायिक चुनौतीः
समय बलवान हुँदोरहेछ, खोटाङमा जन्मेको मान्छे काठमाडौ आएर केहि गर्नुपर्छ भनेर कृषि उपजको पसल गर्नु आँफैमा चुनौति पुर्ण काम हो । तर यसलाई जयकलाले चुनौतिको रुपमा लिनुभन्दा अवसरको रुपमा लिएर काम अगाडी बढाएको उहाँ बताउनुहुन्छ ।

यद्यपी कुनै पनि संस्था सञ्चालन गर्दा चुनौतिरहित नहुने भन्दै मल विउ समयमा नपाईने, उत्पादन गरेको बस्तु कतिपय अबस्थामा बजारका कारण सहज रुपमा बिक्रि वितरण गर्न नसकिने, चाहेको पुँजी ब्यवस्थापन गर्न कठिनाई हुनेदेखि मुल समस्या भनेको बास्तविक किसानहरुले सहयोग नपाउने, छाँयामा पर्ने, झोले किसानहरुले फाईदा लिने, नीति निमार्णको कारण कागजमा कृषि उत्पादन गरेको देखाएर सरकारबाट किसानलाई दिईने अनुदान र सेवा सुविधा आँफै हत्याउने प्रबृत्ति रहेको जयकाला बताउनुहुन्छ ।

यो विक्रितीको अन्त्य नभए सम्म र वास्तविक किसानले प्रतिफल पाउने अबस्थाको सुनिश्चितता नहुन्जेल कृषिमा युवाको आकर्षण, रोजगारीको सृजना र उपभोत्ताले गुणस्तरी बस्तुको उपभोग गर्न नपाउने उहाँ बताउनुहुन्छ । यो अबस्था भएमा सफल ब्यबसायी बन्न, आयात प्रतिस्थापन गर्न मात्र होइन उपभोत्तालाई केमिकल हालेर जर्बजस्ति खान बाध्य पार्ने परीपाटीको अन्त्य हुने उहाँ बताउनुहुन्छ । आफ्नो निजि स्वार्थलाई नहेरी सहकारीमा जीबन र भबिष्य खोज्नु उहाँको ब्यबसायीक सफलताको सुरुवात हो ।

समयको हिसाबले १४ बर्ष खर्चेर सहकारी सञ्चालनको यात्रा आरम्भ गर्नुभयो यो उहाँको ठुलो योगदान हो । यसमा उहाँलाई आफुले चाहे जस्तो सफता मिलोस, उहाँहरुले उत्पादन गरेको प्राकृतिक अर्गानिकयुत्त बस्तुको उपभोग सबैले गरुन, सबै मानब स्वस्थ्य बनुन, नेपाली युवाले यहिँ रोजगारी पाउन यस संस्थाका सदस्यहरुको प्रतति र समृद्धि चाँडो होस समाजको विकासमा समेत यो संस्थाले टेवा पुरर्याओस लोकतान्त्रिक मञ्चको शुभकामना ।

अपिल र आग्रहः
मिलेर गरौ, कसैले कसैको आरिस नगरौँ, सामुहिक काममा ब्यत्तिगत र राजनीति गफ नगरौँ, कुरा होइन काम गरौँ, ब्यत्तिगत स्वार्थ होइन सामुहिक स्वार्थमा लागौँ अबश्य सफल हुईन्छ भन्नुहुन्छ जयकला । हुन पनि उहाँको मनमुरी यस्तै गरी चलेको पनि यो स्तम्भ कारको अनुभुति छ । यसले अझ प्रगती र समृद्धी बढाओस हाम्रो लोकतान्त्रि मञ्चको थप शुभकामना ।

विकासमा सुझावः
मुलुकको विकास र समृद्धिकालागि पहिलो आधार कृर्षि हो तर यसलाई मानिसहरुले त्यसरी बुझनै नसकेको जयकला बताउनुहुन्छ । विदेशमा प्रविधिको विकास गरेर बालुवामा कृर्षि उत्पादन गरेका छन, मरुभूमिमा अन्न उब्जाएका छन ।

हाम्रो देशमा पानि प्रयाप्त छ, मलिलो माटो छ, हावा पानि राम्रो छ । जस्तोसुकै अन्न,फलफुल र बनस्पति त्यतिकै उम्रिने, फल्ने ठाउँ छ । यस्तोमा हामीले योजना बनाएर सामुहि स्वार्थ बनाएर मेहनत गर्न सक्दा जीबनमा क्रान्ति र मनमा शान्ति हुने उहाँको भनाई छ ।

मनमुरी कृषि बजार

कृषि नै समृद्धीः
कृषि प्रधान देशमा हामी अरर्बौको खाद्य बस्तु त्यो पनि पेष्टिसाईजका खाद्यान्न विदेशबाट ल्याएर खान्छौ । जस्ले गर्दा विभिन्न घातक रोग लागेर उपचार गर्दागर्दै लाखौ रुपैयाँ सकिएको छ । यसर्थ यसको अन्त्य हुनुपर्छ, नेताले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ । कृषि, पर्यटन, यातायात र हाईड्रोको विकासमा लगानी बढाउनुपर्छ ।

हाम्रा प्राकृतिक, धार्मीक, साँस्कृतिक र जैबिक सम्पदाको संरक्षण र संबद्र्धन गर्दै त्यसलाई कृषि पर्यटनमा जोडनुपर्छ । यसो भएमा कृषि जन्य उत्पादित बस्तु बेचेर यहि रोजगारीको सृजना हुन्छ, युवाले यहि काम पाउँछन, बिदेशको यात्रा रोकिन्छन र मलुक समृद्ध हुन्छ । उहाँ बताउनुुहुन्छ ।

अन्त्यमाः
यो संस्था सञ्चालनमा सबैभन्दा बढि सहयोग यसका ग्राहक सदस्यहरु नै भएको जयकला बताउनुहुन्छ । त्यसबाहेका स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकार र युवा स्वरोजगार कोषको आर्थीक सहयोग महत्वपूर्ण रहेको उहाँ बताउनुहुन्छ । जयकलाको सक्रृयता, मेहनत अनि यस संस्थाको सिँगो टिमको मेहनतले यहीँ मोती फलेको उदाहरण यो कृषि सहकारी हो ।

Untitled
Untitled
Untitled