२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

महाशिवरात्रि पर्वलाई लक्षित गरेर पाशुपत क्षेत्रभित्र पाँच दिनसम्म मासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध

Untitled
Untitled
Untitled

काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमडौँले पशुपति क्षेत्रभित्र पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाएको छ।

आगामी शुक्रबार ( फागुन २५ गते ) परेको महाशिवरात्रि पर्वलाई लक्षित गरेर स्थानीय प्रशासनले पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर भोलि ( बुधबार )देखि मासु, मदिरा र नशालु पदार्थको उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको छ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गोशाला तिलंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिराजन्य नशालु पदार्थ किनबेच र सेवन गर्न नपाइने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ।

‘फागुन २३ गतेदेखि २७ गतेसम्म यति चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यो सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरासमेत जानकारी गराइन्छ।’

Untitled
Untitled
Untitled