२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

सत्ता विमुख भएपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाडौैं, अप्रत्यासितरूपमा सत्ता विमुख भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कांग्रेससहितको गठबन्धन भत्किएपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

आजको बैठकले सरकारलाई दिने समर्थनका विषयमा निर्णय लिने बताइएको छ ।

Untitled
Untitled
Untitled