एजेन्सी, दशौँ संस्करणको एसिसी यू–१९ एसिया कपको उपाधिका लागि आज आयोजक यूएईले बंगलादेशको सामना गर्दैछ ।
यी दुई टिमबीचको फाइनल भिडन्त बिहान ११ः१५ देखि दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
सेमिफाइनलमा बंगलादेशले भारतलाई तथा यूएईले पाकिस्तानलाई स्तब्ध पारेपछि यी दुई टिमबीचको भेट फाइनलमा भएको हो ।
हालसम्म बंगलादेश र यूएईले एसिया कपको उपाधि जित्न सकेका छैनन् । यूएई पहिलोपटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो ।
बंगलादेश सन् २०१९ को संस्करणमा फाइनलमा श्रीलंकासँग पराजित भएको छ । आज दुवै टिम पहिलोपटक उपाधि जित्दै इतिहास रच्न चाहन्छन् ।
नेपाल भने यसपटक पनि समूह चरणबाटै बाहिरियो । नेपालले समूह चरणमा पाकिस्तानसँग ७ विकेट, अफगानिस्तानसँग ७३ रन तथा भारतविरुद्ध १० विकेटको हार बेहोरेको थियो ।


































