२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

जनकपुरमा विवाह पञ्चमी महोत्सव, मधेश प्रदेशमा आज सार्वजनिक बिदा

Untitled
Untitled
Untitled

जनकपुरधाम, सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

जनकपुरमा आज धुमधामसँग सीताराम विवाह पञ्चमी महोत्सव मनाइँदै छ। विवाह पञ्चमीको अवसरमा मधेश प्रदेशभर सरकारले आज सार्वजनिक बिदा रहेको हो।

प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा दिने बिदा २०८० को क्यालेन्डरमै उल्लेख छ।

मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सप्ताहव्यापी रुपमा सीताराम विवाहपञ्चमी मनाउने गरिन्छ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको धार्मिक विश्वास छ।

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन नेपाल र भारतका विभिन्न ठाउँबाट हजारौँ भक्तजन जनकपुर आएका छन्।

Untitled
Untitled
Untitled