तेह्रथुम, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरुको अभियान पहिचानवादीको विपक्षमा नभएको प्रष्टीकरण दिएका छन् ।
झुलाघाट–चिवा भन्ज्याङ यात्राअन्तर्गत शुक्रबार तेह्रथुममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिचानवादीले एमालेलाई अवरोध गर्नु भनेको आफ्नो विकासको बाटोमा अवरोध गर्नु भएको बताएका हुन् ।
‘उनीहरुले आफ्नै विकासको विरोध गरिरहेका छन्, आफ्नो खुट्टामा होइन, टाउकामै बन्चरो हानिरहेका छन्’, ओलीले भने ।
पहिचानवादीलाई भावनात्मरुपमा उत्तेजित नहुन आग्रह गर्दै उनले भनेका छन्, ‘संवाद र प्रक्रियाबाट समाधान खोज्नुपर्छ । बाटोमा रुख ढालेर समस्याको समाधान हुँदैन । किनकि सल्लाका रुखले समस्याको समाधान गर्ने होइन ।’
कोशी प्रदेश नामाकरणको विषयमा पहिचानवादीहरुले एमालेको अभियानमा अवरोध गर्न खोजेपछि ओलीले यस्तो बताएका हुन् ।


































