विराटनगर, नेकपा एमाले कोशी प्रदेश अधिवेशन उद्घाटन गर्न विराटनगर पुगेका अध्यक्ष केपी ओलीले बागमतीमा आफूले कसैको पनि पक्षमा केही नभएको स्पष्टीकरण दिएका छन् ।
‘ओली समर्थन कैलाश ढुंगेललाई’ भनेर आएका केही समाचारप्रति आपत्ति जनाउँदै ओलीले भने, ‘न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ ।’
उनले आफूले ‘सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस्’ मात्र भन्ने गरेको बताए । केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले एमाले कोशी प्रदेश अधिवेशनको आजै उद्घाटन गरेका छन् ।


































