२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

एसियाली खेलकुदमा विश्व कीर्तिमानका वर्षा गराउँदै नेपालले दियो मंगोलियालाई ३ सय १५ रनको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाडौं, १९ औं एसियाली खेलकुद अन्तर्गत मंगोलियासँगको क्रिकेटमा नेपालले विश्व रेकर्डको रेकर्डको वर्षा गराएको छ ।

चीनको हांग्जाउमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले तीन सय १५ रनको लक्ष्य दिएको छ ।

नेपालले टि(२० मा ३ सय रन कटाएर विश्व कीर्तिमान बनाएको छ । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए ।

यस्तै, नेपालका दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक प्रहार गरेका छन् । यो सर्वाधिक छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान हो । उनी १० बलमा ५२ रनमा नटआउट रहे ।

यस्तै, नेपालका कुशल मल्लले सबैभन्दा छिटो शतक हानेर विश्व रेकर्ड बनाएका छन् । कुशलले ३४ बलमै शतक प्रहार गरेका हुन ।

यसअघि दक्षिण अफ्रिकाका डेविड मिलरले ३५ बलमा शतक हानेका थिए । यसअघि मल्लले १९ बलममै अर्धशतक बनाएर सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडीको रेकर्ड बनाए ।

यस्तै उनले एकै ओभरमा २७ रन पनि बनाएका छन् । यस्तै रोहित पौडेलले पनि १९ बलमै ५० रन बनाएका छन् ।

Untitled
Untitled
Untitled