२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

साफ यू – १९ च्याम्पियनसीप फुटवलमा नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

Untitled
Untitled
Untitled

काठमाडौ, साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा भुटान पराजित भएपछि नेपालले भारतको सामना गर्ने समीकरण बनेको हो ।

नेपाल समूह ‘ए’ को उपविजेता तथा भारत समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा पुगे । नेपाल र भारतबीचको सेमिफाइनल खेल बुधबार बेलुका साढे ५ बजे सुरु हुनेछ ।

यस्तै, पहिलो सेमिफाइनलमा पाकिस्तान र भुटान प्रतिस्पर्धा गर्नेछन् । यी दुई टिमबीचको सेमिफाइनल बुधबार दिउँसो साढे १ बजे सुरु हुनेछ ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हरायो । पहिलो खेलमा भने आयोजक नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो ।

यसपटक गत संस्करण उपविजेता बंगलादेश र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएका छन् ।

Untitled
Untitled
Untitled