२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहमा गोली चल्यो, तीन जना घाइते, एकको अवस्था गम्भीर, २२१ जना फरार

Untitled
Untitled
Untitled

भक्तपुर, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा गोली चलेको छ ।

सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो ।

सो क्रममा तीन कैदी र केही प्रहरी घाइते भएका छन् । घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते भएको जनाइएको छ ।

दुई जनाको स्थिति सामन्य भएको जनाइएको छ । घाइतेहरुको नागरिक अस्पतालमा उपचार भइरहेको छ ।

सुधार गृहमा सजाय भुक्तान गरिरहेका रामेछाप मन्थली नगरपालिका ३ कठजोरका १८ वर्षिय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो ।

सोही विषयमा सुधार गृहको लापरबाहीले बस्नेतको मृत्यु भएको भन्दै आफन्तले सुधार गृह बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।

सोही क्रममा सुधार गृहभित्रका बन्दीहरुले पनि नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

यसैक्रममा भित्रका बन्दीहरु सुधार गृहको कम्पाउण्डको मुलढोका फोडर बाहिर निस्किने र प्रहरीमाथि नै आक्रमण गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

बन्दीहरुले सुधार गृह बाहिर निस्केर प्रहरीमाथि आक्रमण गर्दै लखेट्न सुुरु गरेका थिए । उनीहरुले प्रहरीलाई एसओएस स्कुलसम्म लखेटेका थिए ।

अहिले सुधार गृहका सबै पुरुष बन्दी बाहिर निस्केका छन् । सुधार गृहमा सशस्त्र प्रहरी बलको टोलीले सुरक्षा दिइरहेका छन् ।

सुधार गृहमा रहेका महिला बन्दीहरु भने त्यही भित्र रहेका छन् । यसैगरी प्रहरीले फारार बन्दीहरुमध्ये करिब २० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखिएको छ।

Untitled
Untitled
Untitled