२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

२००० तल खस्यो बजार, दैनिक सुस्ताउँदै कारोबार

Untitled
Untitled
Untitled

काठमाण्डौ, सेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १२.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९९८.२८ को विन्दूमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.५० अंकले घटेर ३८२.६२ को विन्दूमा आर्लेको छ। कारोबार रकम हिजोको तुलनामा सामान्य घटेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन जलविद्युत समूह सर्वाधिक १.४० प्रतिशतले ओरालो लागेको छ।

वित्त समूह१.३३ प्रतिशत घट्दा बैंकिङ समूहमा ०.३५ प्रतिशत, विकास बैंक समूहमा ०.३६ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.६८ प्रतिशत, लगानी समूहमा ०.७५ प्रतिशत, जीवन बीमा समूहमा ०.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०७ प्रतिशत, लघुवित्त समूहमा ०.४२ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.१८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४६ प्रतिशत, अन्य समूहमा ०.५७ प्रतिशत र व्यापार समूहमा १.१७ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २७२ कम्पनीका ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०२ रुपैयाँमा किनबेच भएका छन्।

आज शिवम सिमेन्टको सर्वाधिक ८ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ८३ लाख रुपैयाँ, सोल्टी होटेलको ५ करोड ७८ लाख रुपैयाँ, घोराही सिमेन्टको ५ करोड ६ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ४२ लाख रुपैयाँ, तारागाउँ रिजेन्सी होटेलको ४ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ३ करोड ९ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २ करोड ७९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २ करोड ६२ लाख रुपैयाँ र नबिल बैंकको २ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज लक्ष्मी लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन मन्छियाम हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

Untitled
Untitled
Untitled