२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

सेयर कारोवार हुने दोस्रो दिन नेप्सेसँगै घट्यो कारोबार रकम

Untitled
Untitled
Untitled

काठमाडौ, आज सेयर बजारमा गिरावट आएको छ। आज बजार ३.६१ अंकले घटेर २०७७.२४ विन्दूमा झरेको हो। आज २०७९.२५ विन्दूमा खुलेको बजारमा ०.१७ प्रतिशतको गिरावट आएको छ।

आज नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ। आज २ अर्ब ९ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ९आइतबार० बजारमा २ अर्ब ३९ करोडको कारोबार भएको थियो।

आज कारोबारमा आएका मध्ये ६८ कम्पनीको सेयरमूल्य बढ्दा १४५ वटाको घटेको छ। त्यसैगरी ११ कम्पनीको स्थिर नै छ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। आज सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक ६.४६ प्रतिशतले घटेको छ।

आज आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।

Untitled
Untitled
Untitled