२०८३ असार ८ सोमवार | Monday, Jun 22 2026

सप्तकोशीमा पानीको बहाव उच्च, ब्यारेजका सबै ढोका खोलिए, पूर्वपश्चिम राजमार्ग बन्द, तेस्रोपटक खोलियो ५६ वटै ढोका

Untitled
Untitled
Untitled

इनरुवा, कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ । पानीको बहाव निकै बढेपछि गएराति देखि ५६ वटै ढोका खोलिएको प्रशासनले जनाएको छ ।

पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव २५ वर्ष यताकै उच्च पुगेको छ ।

सप्तकोशी नदीमा बिहान ४ बजे ४ लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ ।

Untitled
Untitled
Untitled