२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो राय/सुझाव, असार १० भित्र पठाउनुपर्ने

Untitled
Untitled
Untitled

काठमाण्डौ, नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको छ।

केन्द्रीय बैंक आज एक सूचना प्रकाशित गरी आगामी आर्थिक वर्षका लागि राय–सुझाव माग गरेको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो।

मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ।

सरोकारवालाले मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव आउँदो असार १० गतेभित्र पठाइसक्नुपर्नेछ। राय–सुझाव केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागमा पठाउनुपर्नेछ।

 

Untitled
Untitled
Untitled