२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतबाट सस्तिएर आयो पेट्रोलियम पदार्थ

Untitled
Untitled
Untitled

काठमाडौ, भारतबाट पेट्रोलियम पदार्थ सस्तिएर आएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिएका छन् ।

भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँले घटेर आएको हो।

हाल पेट्रोल प्रतिलिटर एक सय ७५ र डिजेल प्रतिटिर एक सय ६५ रूपैयाँमा बिक्री भइरहेको छ।

नयाँ मूल्य सूचीअनुसार यहाँ पेट्रोल र डिजेलको बिक्री मूल्य कसरी निर्धारण गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी नै रहेको ठाकुरले बताए।

भारतीय आयल निगमले हरेक १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ।

Untitled
Untitled
Untitled