२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अयोग्य लडाकूलाई दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

Untitled
Untitled
Untitled

काठमाडौं, सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई लाख रकम दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

ज्ञानेन्द्र आरणसमेतको रिटमा मङ्गलबार सुनुवाइ गर्दै न्यायाधीश रेग्मीले सरकारले जारी गरेको कार्यविधि तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन् ।

न्यायाधीश रेग्मीले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने यही जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गरेको छ ।

Untitled
Untitled
Untitled