२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सर्वोच्चबाट सदर भयो रेशम चौधरीको जन्मकैदको सजाय

Untitled
Untitled
Untitled

काठमाडौ, सर्वोच्च अदालतले रेशमलाल चौधरीको जन्मकैदको सजायलाइ सदर गरेको छ ।

टीकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको हो ।

अदालतले टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ ।

 

Untitled
Untitled
Untitled