२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

शोधनान्तर स्थिति ८० अर्ब १७ करोड बचतमा, मूल्यवृद्धिले वाञ्छित सीमा नाघ्यो

Untitled
Untitled
Untitled

काठमाडौं, चालू आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति रु एक ८० अर्ब १७ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा विदेशी विनिमय सञ्चिति रू १४ खर्ब ३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको सुरुवाती नौ महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले ११ महिनाको वस्तु आयात र नौ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म मूल्यवृद्धि सरकारले राखेको वाञ्छित सीमाभन्दा शून्य दशमलव ७६ प्रतिशत बिन्दूले बढी देखिएको छ ।

चालू आवका लागि सरकारले मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र राख्ने जनाएको थियो । तर, चैत मसान्तसम्ममा वार्षिक विन्दूगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा सङ्घीय सरकारको खर्च रू खर्ब ४३ अर्ब पाँच करोड र राजस्व परिचालन रू छ खर्ब ८३ अर्ब ८१ करोड छ।

अवधिसम्ममा विस्तृत मुद्राप्रदाय छ दशमलव छ प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन सात प्रतिशतले कर्जा प्रवाह तीन दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

वार्षिक विन्दूगत आधारमा निक्षेपको वृद्धिदर ११ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव दुई प्रतिशत बराबर हो ।

नौ महिनामा विप्रेषण आप्रवाह २४ दशमलव दुई प्रतिशतले बढेको छ । त्यस्तै, आयात १८ दशमलव एक प्रतिशतले तथा निर्यात २६ दशमलव तीन प्रतिशतले घट्दा कुल वस्तु व्यापार घाटा १७ दशमलव १ प्रतिशतले घटेको छ ।

Untitled
Untitled
Untitled