२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

एमाले केन्द्रीय कमिटी बैठक आजबाट, यस्ता छन् छलफलका एजेन्डा

Untitled
Untitled
Untitled

काठमाडौ, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । च्यासलस्थित केन्द्रीय कार्यालय बस्ने बैठकको लागि विभिन्न एजेन्डा तय भइसकेका छन् ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ ।

केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने एजेन्डासमेत तय गरिएको छ ।

बैठकले चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने एजेन्डासमेत छ ।

अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहाकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने गुरुङले बताए । यस्तै, केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षासमेत हुनेछ ।

मिसन ग्रासरुट अभियानको सातवटै भौगोलिक र दुईवटा गैरभौगोलिक प्रदेशको समीक्षा प्रतिवेदन सम्बन्धित प्रदेशमा खटिएका पार्टीका सचिवले पेस गर्ने प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

समीक्षा प्रतिवेदन गरिसकेपछि केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुटबारे छलफल गरिने उनको भनाइ छ ।

गुरुङका अनुसार मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्ययोजना बनाइनेछ ।

बैठकले पार्टीले नवप्रवेशीलाई व्यवस्थापन गर्न सम्बन्धमा र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्नेसमेत एजेन्डा रहेको उनले बताए ।

पक्राउ पुर्जी जारी भएपनि फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीको विषयमा केन्द्रीय कमिटी बैठकमा छलफल हुने नेताहरू बताएका छन् ।

एमालेले रायमाझीलाई निलम्बन भने गरिसकेको छ । बैठक शनिबार सकिनेछ ।

Untitled
Untitled
Untitled