२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

युरोपमा सुरु भयो नेपाली पाठशाला

Untitled
Untitled
Untitled

पोर्चुगल :  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र नेपाली नारी समाज पोर्चुगलको संयुक्त संयोजनमा शनिबारदेखि नेपाली पाठशाला सञ्चालन गरिएको छ ।

युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको हो ।

नयाँ वर्ष २०८० को अवसर पारेर भर्चुअल माध्यम जुममार्फत पाठशालाको एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । उक्त अनलाइन पाठशालामा डेनमार्क, पोर्चुगल, बेलायत, नर्वे र बेल्जियमलगायतका मुलकका गरी ३१ जना नेपाली बालबालिकाको सहभागिता रहेको छ ।

नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ शिवानीको तथा गैर आवासीय नेपाली संघ युरोपका सहसंयोजक तिलक गैरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति पोर्तुगलका महामन्त्री विनोद मरासिनी लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र नेपाली नारी समाज पोर्चुगलले शुरु गरेको यो कार्यक्रम निकै नै उपयोगी हुने र यस्ले आफ्नो देशभन्दा बाहिर रहेका बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृतिको बारेमा सुसुचित हुने अवसर प्रदान गर्ने बताए ।

अनेसास पोर्तुगलका अध्यक्ष सबी श्रेष्ठले कार्यक्रमको उद्देश्य र लक्ष्यबारे सहभागीहरुलाई प्रष्ट पारेकी थिईन् ।

उक्त कार्यक्रमको संञ्चालन नेपाली नारी समाज पोर्तुगलकी महासचिव पुनम गौतम र अनेसास पोर्तुगलकी सचिव गोमा रेग्मीले संयुक्त रुपमा गरेका थिए भने प्राविधिक सहयाेग अनेसास पोर्तुगलका महासचिव एन.बी.अन्जानले  गरेका थिए ।

भर्चुअल माध्यम जुममार्फत नेपालबाट सञ्चालन गरिएको पाठशाला साताको हरेक शनिबार दुई घण्टा पोर्तुगलको समय अनुसार विहान ९ बजेदखि ११ बजेसम्म जुम मार्फत कक्षा सञ्चालन हुनेछ । पाठशालामा नेपाली भाषासम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली कला संस्कृतिसम्बन्धी अध्यापन गराइने बताइएको छ ।

समय अनुकूल मिलाएर विश्वका जुनसुकै मुलुकमा रहेका नेपाली बालबालिकालाई पाठशालामा सहभागी गराउन सकिने आयोजक संस्थाले जनाएको छ ।

Untitled
Untitled
Untitled