२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

गायक मनिष रञ्जन बरालले ल्याए नयाँ भजन

Untitled
Untitled
Untitled

काठमाडौ, गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ। गायक बरालको ‘लैजाउन हे प्रभु मलाई बृन्दावन’ बोलको भजन शुक्रवार सार्वजनिक भएको हो।

बराल स्वयमको स्वर, संगीत रहेको भजनलाई मनिष रञ्जन बराल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भेषराज भट्टराईको शब्द रहेको भजनको राजन कार्कीले एरेन्जको साथै ध्वनी मिश्रण गरेका छन् ।

अभिनयमा सन्जन पौडेल,करुणा न्यौपाने, भावना कुईलेल, प्रेशिका खड्कालाई देख्न सकिन्छ ।

यस भजनको भिडियोको छायांकन सन्तोष तिमिल्सिनाले गरेका हुन्, भने सम्पादन राजन कार्कीले गरेका हुन् ।

Untitled
Untitled
Untitled