२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

साता पहिलो कारोबार दिन आइतबार नेप्से झिनो अंकले बढ्यो

Untitled
Untitled
Untitled
काठमाडौ, साता पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो अंकले बढेको छ। झिनो अंकले बढेको बजारमा १ अर्ब ९३ करोडको कारोबार भएको हो। यस दिन नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ विन्दूमा पुगेको छ। कारोबार अवधिमा केही उकालो लागेको बजार उतार चढाप खेप्दै अन्ततः सामान्य अंकले बढ्न सफल रह्यो। आज नेप्सूपरिसूचक उच्च २११८ विन्दू र न्यून २०८७ विन्दू समातेको थियो। आज कारोबारमा आएका २५८ कम्पनीले ५२ लाख ६ हजार ३७९ पटकको खरिदबिक्री हुँदा १ अर्ब ९३ करोडको कारोेबार भएको छ। अघिल्लो कारोबार दिन नप्सेमा २ अर्ब ६ करोडको कारोबार भएको थियो। आज कारोबारमा आएका १०८ कम्पनीको सेयरमूल्य बढ्दा १०१ कम्पनीको घटेको छ। त्यसैगरी ७ कम्पनीको सेयरमूल्य स्थिर छ। नेप्से परिसूचक बढेको दिन कारोबार रकम घट्नु राम्रो मानिन्छ। आज बजारमा क्रेता रहेको तर बिक्रेता मोलमोलाइ गरी सेयर बिक्री गर्न खोज्दा कारोबार रकम घटेको देखिन्छ। यसले पछिल्लो कारोबार दिन नेप्से घट्दा धेरै तल नजाने र बढ्दा धेरै माथि नजाने संकेत गर्दछ। सर्वाधिक सेयरमूल्य बढेका कम्पनी आज कारोबारमा आएका २५८ कम्पनीमध्ये १०८ कम्पनीको सेयरमूल्य बढेको छ। आज आदर्श लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज आदर्श लघुवित्त सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी पोखरा फाइनान्स, जानकी फाइनान्स र चिलिमे हाइड्रोपावरको सेयरमूल्य उच्च बढेको छ। सर्वाधिक सेयरमूल्य घटेको कम्पनी आज इष्टर्न हाइड्रोपावरको सर्वाधिक ५.५४ प्रतिशतले सेयरमूल्य घटेको छ। त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्सको ३.८४ प्रतिशत, पाँचथर पावर कम्पनीको ३.६३ प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.६३ प्रतिशतले घटेको छ। सर्वाधिक कारोबार गर्ने कम्पनी आज नेपाल लाइफको सर्वाधिक ६ करोड ४४ लाखको कारोबार भएको छ। त्यसैगरी एनआइसी एशिया बैंकको ५ करोड ८५ लाख, नबिल बैंकको ५ करोड ७४ लाखको कारोबार भएको छ।
Untitled
Untitled
Untitled