२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

कपनमा प्राकृतिक तथा अकुपञ्चर उपचार केन्द्रको स्थापना

Untitled
Untitled
Untitled

काठमाडौँ । राजधानी काठमाडौँको कपन सरस्वतीनगरमा स्थापित ॐ पञ्चतत्त्व प्राकृतिक तथा अकुपञ्चर उपचार केन्द्रको विधिवत रुपमा शुभारम्भ गरिएको छ ।

उपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै आयुर्वेद विज्ञ डा. सवरी शाहले पानसमा दीप प्रज्वलन गर्नु हुँदै तथा साथमा सरस्वती नगर सुधार सङ्घकी अध्यक्ष सावित्रा बोगटी र शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष बुद्धि गम्भीर थापाले आआफ्नो विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा दीप प्रज्वलन, स्वस्तिवाचन र शंखनाद सहित सहभागितामूलक रुपमा शुभारम्भ गरिएको थियो ।

शुभारम्भका अवसरमा प्राकृतिक उपचार केन्द्रको उद्घाटनका गर्दै आयुर्वेद विज्ञ डा. सवरी शाहले प्राकृतिक उपचार पद्दत्ती र मानव स्वास्थ्यको बिषयमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा पूर्व न्यायाधीश रमेश पोखरेल, सामाजिक अभियन्ता बेचन लामा, डिजिटल साक्षरता अभियान तथा स्मार्ट स्कुल सफ्टवेयर सञ्चालक विश्वराज अर्याल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा करिब एक सय जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ । केन्द्रको मुख्य उद्देश्य रोगीलाई निरोगी बनाउने तथा निरोगी व्यक्तिलाई रोग लाग्न नदिने रहेको बताइएको छ। केन्द्रमा पञ्चकर्म उपचार, भान्सा सुधार, अकुप्रेसर तथा पञ्चगव्य लगायतका प्राकृतिक उपचार सेवाहरू उपलब्ध गराइनेछ।

कार्यक्रममा योगी साधक तथा काठमाडौँ जिल्ला पतञ्जलीका जिल्ला अध्यक्ष एवं भान्सा सुधार अभियान नेपालका सदस्य किशोर दाहाल, भान्सा सुधार अभियानकी अध्यक्ष कविता दाहाल, शैक्षिक अभियन्ता जगदिश प्रसाद ओली, सामाजिक अभियन्ता डा. निकोलस भुसाल, डा. सागरनाथ अधिकारी तथा डा. शाह लगायतले शुभकामना तथा अनुभव आयुर्वेद उपचार पद्दत्तीको बिषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वक्ताहरूले प्राकृतिक जीवनशैली, आयुर्वेदिक उपचार तथा भान्सा सुधार पद्धतिहरू नै रोगको न्यूनीकरण र निवारणका प्रमुख आधार भएको उल्लेख गर्नुभयो । स्वस्थ जीवनशैलीको प्रवर्द्धनमार्फत समाजलाई निरोगी बनाउने अभियानमा सबैको सहकार्य आवश्यक्ता रहेको उहाँहरुको भनाइ रहेको थियो ।

सहभागिहरुले दिनभर उपचार केन्द्रमा आएका अतिथि तथा सहभागिहरूले उपचार सेवाको अवलोकन तथा प्रयोग प्रयोग सम्बन्धी जानकारी तथा साक्षात्कार गर्नुभएको थियो । कार्यक्रममा सरिता नन्दिनी, ॐ शान्ति परिवार, ओशो परिवार, ॐ पञ्चतत्त्व परिवार तथा भान्सा सुधार अभियान नेपाल परिवारका सदस्यहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सहभागी तथा अतिथि, शुभेच्छुक तथा सहयोगीहरूप्रति ॐ पञ्चतत्त्व परिवार र भान्सा सुधार अभियान नेपाल परिवारले हार्दिक आभार व्यक्त गरेको छ । साथै आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र समर्थनको अपेक्षा राखेको जनाएको छ । प्राकृतिक उपचार केन्द्रको औपचारिक कार्यक्रमको सहजीकरण पत्रकार कुमार ओझाले गर्नुभएको थियो ।

Untitled
Untitled
Untitled