एजेन्सी, फिफा विश्वकप २०२६ अन्तर्गत क्यानडा र बोस्निया–हर्जगोभिनाबीचको खेल रोमाञ्चक बराबरीमा समाप्त भएको छ।
सहआयोजक क्यानडाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा सकिँदै दुवै टोलीले समान अंक बाँडेका हुन्।
पहिलो हाफमै बोस्निया–हर्जगोभिनाले अग्रता बनाएको थियो। खेलको २१औँ मिनेटमा इभान बेसिकले कर्नरबाट दिएको अवसरलाई सदुपयोग गर्दै जुभो लुकिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, पाहुना टोलीले अग्रता लामो समय जोगाउन सकेन। दोस्रो हाफको ७९औँ मिनेटमा क्यानडाले पुनः खेलमा फर्किँदै बराबरी गोल गर्यो।
काइल लारिनले सशक्त फिनिसिङ गर्दै स्कोर १–१ मा ल्याएपछि खेल थप प्रतिस्पर्धात्मक बनेको थियो।
त्यसपछि दुवै पक्षले जीत निकाल्ने प्रयास गरेपनि गोल थप्न नसक्दा खेल बराबरीमै टुंगियो।
विश्वकप अन्तर्गत अर्को खेलमा आयोजक संयुक्त राज्य अमेरिका र पाराग्वे आमनेसामने हुनेछन्।
उक्त खेल बिहान ६स्४५ बजेबाट सुरु हुने तालिका छ।

































