काठमाण्डू, आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएई सम्मिलित सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे शुरु हुनेछ ।
नेपाल क्रिकेट संघ ९क्यान०ले आजको खेलका लागि टिकट मूल्य ४०० रुपैयाँबाट घटाएर २०० रुपैयाँ कायम गरेको छ ।
जारी सिरिजमा नेपालले यूएईलाई दुई पटक हराएको भएपनि ओमानसँग एक खेलमा १०२ रनले पराजित भएको थियो ।
त्यसैले आजको खेलमा नेपाल जीत निकाल्दै बदला लिन चाहन्छ ।
अघिल्लो खेलमा नेपालले ओपनिङमा परिवर्तन गर्दै अर्जुन कुमाल र विनोद भण्डारीलाई मौका दिएको थियो । कुमालले डेब्यु गर्दै ११ रन बनाए भने भण्डारीले ५६ रनको योगदान दिएका थिए ।
आजको खेलमा यही जोडी खेल्ने कि नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेख फर्किने भन्ने टसपछि मात्रै स्पष्ट हुनेछ ।
अंकतालिकामा ओमान २७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा छ भने नेपाल २३ खेलबाट १६ अंकसहित सातौँ स्थानमा रहेको छ ।
यूएई १४ अंकसहित अन्तिम स्थानमा छ ।
यसैबीच, मे १२ देखि नेपाल, स्कटल्याण्ड र अमेरिकाबीचको अर्को सिरिज पनि त्रिवि मैदानमै शुरु हुने कार्यक्रम रहेको छ ।


































