काठमाण्डू, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गत पुसमा सम्पन्न विशेष महाधिवेशन विधानसम्मत रहेको दाबी गरेका छन्।
शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको रिटको जवाफ दिँदै उनले महाधिवेशन कानून अनुसार भएको बताएका हुन्।
थापा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद सकिएपछि ४० प्रतिशत प्रतिनिधिको मागमा विशेष महाधिवेशन गरिएको जिकिर गरेको छ।
महामन्त्रीले आह्वान गरेको महाधिवेशन वैधानिक रहेको पनि उनको भनाइ छ। साथै, उक्त महाधिवेशनबाट चयन गरिएको नेतृत्व र पार्टी अद्यावधिक प्रक्रिया पनि कानुनअनुसार भएको सभापति थापाको दाबी छ।


































