२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

२१ कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले वार्षिक नवीकरण शुल्क बुझाउन सूचना जारी गरेको छ ।

नेप्सेले २१ कम्पनीको सूचीसहित उक्त कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन भनेको हो ।

धितोपत्र विनियमावली, २०७५ को अनुसूची ३ मा भएको व्यवस्था बमोमिज धितोपत्रको वार्षिक नवीकरण शुल्क हालसम्म पनि नबुझाएको हुँदा सम्बन्धित कम्पनीहरुलाई नेप्सेले पत्राचार गरिसकेको जनाएको छ ।

साथै नेप्सेले प्रकाशित सूचनालाई आधार मानी बाँकी बक्यौता रकम जरिवाना सहित बुझाउन अनुरोध गरेको छ ।

नेप्सेले आफ्नो बैंक खाता ‘ग्लोबल आइएमई बैंक’मा नेप्से अपरेटिक अकाउन्ट नामक ‘०७५०१०१००००७७५’ खातामा रकम जम्मा गर्न भनेको छ ।

५० करोड रुपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीले वार्षिक शुल्क ५० हजार रुपैयाँ र ५० करोड भन्दा बढी चुक्तापूँजी भएका कम्पनीले वार्षिक शुल्क १ लाख रुपैयाँ तिनुपर्ने नेप्सेले जनाएको छ ।

साथै तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले जनाएको छ ।

Untitled
Untitled
Untitled