एजेन्सी, इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलोरुले लगातार दोस्रो खेलमा जीत हासिल गरेको छ।
तर, अर्को दाबेदार टोलीका रुपमा रहेको चेन्नई सुपर किंग्सले भने लगातार तेस्रो खेलमा हार भोग्नु पर्यो। चेन्नई आरसीबीसँग ४३ रनले पराजित भयो।
टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरुले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५० रन बनाएको थियो।
उसका लागि फिल साल्टले ४६ रन बनाउँदा विराट कोहलीले २८ रन बनाए।
त्यस्तै, देवदत पाडिकलले २९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रन बनाउँदा कप्तान रजत पाटीदार ४८ रनमा नटआउट रहे।
उनले १९ बलमा १ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यस्तै टिम डेभिडले २५ बलमा ३ चौका र ८ छक्काको सहयोगमा ७० रन बनाएका थिए।
२ सय ५१ रनको लक्ष्य पछ्याएको चेन्नई २ बल बाँकी हुँदै २ सय ७ रनमा अलआउट भयो।
उसका लागि सर्फराज खानले ५० रनको अर्धशतकीय इनिङ खेल्दा प्रशान्त भीरले ४३ रन बनाए।
त्यस्तै शिवं दुवेले १८ रन बनाउँदा जेमि ओभर्टनले ३७ रन बनाएका थिए। त्यस्तै, अंशुल कम्बोजले १९ रन बनाएका थिए।
आरसीबीका लागि भुवनेश्वर कुमारले ३ विकेट लिँदा ज्याकब डफि, अभिनन्दन सिंह र कुर्नाल पाण्डेले समान २(२ विकेट लिएका थिए।
अर्को एक विकेट सुर्यस शर्माको नाममा रह्यो।


































