२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

साफ यू-२० च्याम्पियनसिप: बंगलादेशसँग सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ।

बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल प्रतियोगिताको फाइनलमा पुग्न असफल बन्यो।

गत संस्करणको सेमिफाइनलमा पनि नेपाल बंगलादेशसँगनै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रतियोगिताको सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको एकमात्र गोल निर्णायक बन्यो।

नेपालले केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न असफल भएको थियो।

बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। भारत र भुटानबीचको खेल आजै राति हुँदै छ।

सन् २०२४ मा नेपालमै भएको साफ यू-२० मा बंगलादेशले नेपाललाई फाइनलमा हराएर उपाधि जितेको थियो ।

त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरेपनि फाइनलमा भने त्यही नतिजा दोहोर्‍याउन नेपालले सकेन ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारत र बंगलादेशनै मुख्य चुनौती रहने बताएका थिए। फेरि पनि नेपालले ती चुनौतीहरु भने पार गर्न सकेन्।

यस उमेर समूहमा नेपालले सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेपछि उपाधि जित्न सकेको छैन ।

त्यसपछि भारतले २०१९ देखि २०२३ सम्म लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो भने २०२४ मा बंगलादेशले जित्दा २०२५ मा फेरि भारत नै च्याम्पियन भएको थियो।

२०२५ कै समूह उपविजेता भएर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा बंगलादेशसँग २-१ ले पराजित हुँदा फाइनल पुग्न असफल भएको थियो।

Untitled
Untitled
Untitled