काठमाण्डू, साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दूमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब १० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज सबै समूहमा रातो पोतिएको छ । सर्वाधिक घट्ने समूहमा अन्य समूह रहेको छ । यो समूह ५.२६ प्रतिशतले घट्न पुगेको छ ।
त्यस्तै, बैंकिङ समूह २.३१ प्रतिशत, विकास बैंक समूह ३.१८ प्रतिशत, फाइनान्स समूह ३.०३ प्रतिशत, होटल तथा पर्यटन समूह २.१२ प्रतिशत, हाइड्रोपावर समूह २.८१ प्रतिशत, लगानी समूह २.६७ प्रतिशत, जीवन बीमा समूह २.०२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३९ प्रतिशत, माइक्रोफाइनान्स समूह १.९९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९७ प्रतिशत, निर्जीवन बीमा समूह २.२२ प्रतिशत र व्यापार समूह ३.९६ प्रतिशतले घटेको छ ।
सर्वाधिक कमाउने कम्पनी
आज ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कमाउनेमा रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोपावर रहेको छ । यी दुवैको सेयरभाउ आज १० प्रतिशतले बढेको छ ।
रिलायन्सको सेयरभाउ २९४७।२० रुपैयाँ पुगेको छ भने सुपर खुदीको सेयरभाउ ५३१।४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, भुजुङ्ग हाइड्रो, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोको सेयरभाउ ९.९९ प्रतिशतले बढेको छ भने होटल फरेस्ट इनको सेयरभाउ ९.९८ प्रतिशतले बढेको छ ।
यसका साथै आइसीएफसी डिबेञ्चरको ४.२६ प्रतिशत, एभरेष्ट बैंकको इजर्नी बण्डको ४.०३ प्रतिशत, ९.५ मन्जुश्री फाइनान्स डिबेञ्चरको ३.४७ प्रतिशत र सेन्चुरी डिबेञ्चरको ३.३७ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज सर्वाधिक गुमाउने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । यो कम्पनीको सेृयरभाउ ९.८४ प्रतिशतले घटेर १०६३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ७.२८ प्रतिशत, नेशनल हाइड्रोपावरको ७.१७ प्रतिशत, शिवश्री हाइड्रोको ७ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ६.४१ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ६.३९ प्रतिशत, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको् ६.३१ प्रतिशत, पाँचथर पावर कम्पनीको ५.८० प्रतिशत, लिबर्टी इनर्जीको् ५.७८ प्रतिशत र हिमालयन रि को ५.७६ प्रतिशतले घटेको छ ।


































