२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राष्ट्रव्यापी कविता महोत्सवमा पाँचथरकी लुइँटेलको ‘मातृभूमि अर्चना’ कविता उत्कृष्ट

Untitled
Untitled
Untitled

काठमाण्डू, साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी कविता महोत्सव–२०८२ मा पाँचथरकी देवु लुइटेलको ‘मातृभूमि अर्चना’ कविता प्रथम भएको छ ।

सायद मञ्च को फोटो हुनसक्छ

यस्तै मोरङकी शारदा भट्टराईको ‘झुक्दैन नेपाल यो’ द्वितीय तथा सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘सभ्यताको शोकधुन’, दैलेखकी गरिमा पाण्डेयको ‘यहाँ जन्माउनु छ नयाँ बुद्ध’ र चितवनकी शोभा अधिकारीको ‘आदिम हस्ताक्षर’ कविताले तृतीय स्थान प्राप्त गरेका छन् ।

सायद भिड को फोटो हुनसक्छ

प्रतियोगिताका लागि प्राप्त १७१ कवितामध्येबाट उत्कृष्ट पाँचको वाचनपछि मूल्याङ्कनकर्ताद्वय खेमराज निरौला र ज्ञानु अधिकारीले नतिजा घोषणा गरेका थिए ।

सायद 'विश्व कविता दिवस (मार्च २੧) कविता महोत्सव -શ०८શ ८2 चैत निवार पान ပ််ေ်ငတ်ြာ GD VK' भन्ने पाठ को फोटो हुनसक्छ

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा तीन दर्जनभन्दा बढी स्थापित कविले आफ्ना रचना वाचन गरेका थिए ।

सायद 'विश्व कविता दिवस (मार्च ੨੧) कविता महोत्सव महोत्सव-२०८१ १०१ २० नवार 미미회' भन्ने पाठ को फोटो हुनसक्छ

सायद एक वा बढी मानिसहरू, मन्दिर, मञ्च र 'विश्व कविता दिवस (मार्च ੨৭) कविता कवितामहोत्सव महोत्सव શ०વશ २०८२ शनिवार सा उदन येपाल' भन्ने पाठ को फोटो हुनसक्छ

Untitled
Untitled
Untitled