२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ट्रम्पको दाबी इरानले अस्वीकार गरेपछि फेरि बढ्यो कच्चा तेलको मूल्य

Untitled
Untitled
Untitled

एजेन्सी, इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार(चढाव भइरहेको छ ।

सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको मूल्य मंगलबार फेरि प्रतिब्यारल एक सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

मंगलबार बिहान एशियामा ब्रेन्ट क्रुड ३.७५ प्रतिशतले वृद्धि भएको छ ।

अहिले यसको मूल्य १०३.६९ अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ । यसअघि सोमबार ब्रेन्टको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा केही दिन हमला नगर्ने घोषणा गरेपछि मूल्य घटेको थियो ।

ट्रम्पले इरानसँग चाँडै कुनै शान्ति सम्झौता हुन सक्ने पनि बताएका थिए । तर, ट्रम्पको दाबी इरानले अस्वीकार गरेको थियो ।

त्यसपछि तेलको मूल्यमा फेरि बढोत्तरी देखिएको छ ।

Untitled
Untitled
Untitled