काठमाण्डू, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ।
कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस ३० गते बुधबारका दिन काठमाण्डौको गैह्रिधारामा रहेको ओक ब्याङक्वेट एण्ड इभेन्ट्समा सभा आयोजना गर्ने निर्णय गरेको छ।
उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरणको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै बोनस सेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा अन्य कुनै नियमनकारी निकायबाट फेरबदल वा संसोधन गर्न निर्देशन भएमा सो बमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।
यसका साथै आव २०८१र८२ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८२र८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने् सेयरधनीहरुमात्रै लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।


































