२०८२ कात्तिक १५ शनिवार | Saturday, Nov 01 2025

Untitled

नेपालले दियो युएईलाई २३४ रनको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाण्डू, आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले शतक प्रहार गरे । रोहितले १३० बलमा १०९ रनको योगदान दिए ।

आसिफ शेख ३५, कुशल भुर्तेल ७, भीम सार्की ३, आरिफ शेख २७, दीपेन्द्रसिंह ऐरी २३, गुल्सन झा ०, करन केसी १३, ललित राजवंशी ० र सोमपाल कामी ६ रनमा आउट भए । सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए ।

Untitled
Untitled
Untitled