२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

कला, संस्कृतिको जीवन्त इतिहास तथा प्राचीन विशिष्ट शैलीको अनुपम वडा नं १४

Untitled
Untitled
Untitled

काठमाडौ । काठमाडौँ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो । यसमा पनि राजधानी प्रवेशकाे प्रमुख नाका नागढुंगा हुँदै मेची-महाकालीबाट काठमाडाैं आउनेहरूकाे प्रवेशद्वारकाे पहिलाे गेट काठमाडाै महानगरकाे १४ नंवर वडा कलंकी हुँदै राजधानीकाे प्रस्थान विन्दु नै हाे ।

यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।

हाम्रो परिकल्पना, अभियान र लक्ष्य

  • नेपालको संविधानले तय गरेको स्वायत्तता र स्वशासनको अधिकारलाई सहकारीता, सहअस्तित्व र समन्वयका साथ उपयोग गर्दै,
  • पूर्ण पारदर्शि भई जनसहभागिता र उत्तरदायित्वको सुनिश्चितता गरी संघिय लोकतान्त्रिक गणतन्त्रका लाभहरु स्थानिय स्तरमा समानुपातिक, समावेशी र न्योचित वितरण गर्नु,
  • दिगो विकासको अवधारणलाई आत्मासात गर्दै महानगरवासी सबैलाई संविधान र कानुुन बमोजिमका सुलभ र गुणस्तरिय सेवा प्रवाह गर्नु ।

शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

साँस्कृतिक सद्भाव, धार्मिक सहिष्णुता र पुरातात्विक महत्वका वस्तुहरूकाे संरक्षण र प्रबर्धनका लागि अत्यन्तै महत्व दिएका कार्य गरिरहेकाे १४ नम्वर वडाले नागरिकका घरघरकाे वस्तुस्थितिकाे अध्ययन गरी आवश्यकताका आधारमा कार्यक्रमहरू सञ्चालन गरिरहेकाे वडाध्यक्ष सुमन श्रेष्ठ बताउनुहुन्छ ।

वडा नं १४ – काठमाडौँ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वाग्मती प्रदेश

धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ ।

कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ ।

इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १४ सोल्टीमोड स्थित सडकको छेउमा रहेका ब्लक, ढुङ्गा ,ईटा र हिमपाइपहरू महानगर प्रहरी बलद्वारा उठाउने कार्य भएको छ।

Untitled
Untitled
Untitled