२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कागेश्वरी मनोहरामा लोकतान्त्रिक शहीद उद्यानमा एक हजार ४०० किलो अष्टधातुको विश्वकै ठूलो कागको मूर्ति निर्माण

Untitled
Untitled
Untitled

काठमाण्डू, गणतन्त्र नेपालको बागमती प्रदेश को काठमाडौँ जिल्लाको उत्तर पूर्वमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका ।

वडा नं. १ ९साविकको गागलफेदी गा.वि.स.मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिर र मनोहरा खोलाको नामबाट नामाङ्कन गरिएको हो ।

यस नगरपालिका मिति २०७१ साल मंसिर १६ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट साविकको गोठाटार, मूलपान, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा।वि।स।हरुलाई समायोजन गरी गठन गरिएको हो।

विविध धार्मिक, साँस्कृतिक, प्राकृतिक श्रोतहरुको पहिचान बोकेको यस नगरपालिका २७ ४१ २०” देखी २७ ४६ ३३” उत्तर अक्षांश र ८५ २१ ४५” देखी ८५ २८ १९” पूर्वी देशान्तर मा अवस्थित रहेको छ ।

समुद्री सतहबाट १२९७ मिटर देखी २२५८ मिटर उचाईमा रहेको यस नगरपालिका जम्मा २८.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।

यस नगरपालिको पूर्वमा शंखरापुर नगरपालिका, दक्षिण पूर्वमा भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिका, दक्षिण पश्चिममा काठमाडौँ महानगरपालिका र उत्तर पश्चिममा गोकर्णेश्वर नगरपालिका पर्दछ।

यस नगरपालिकाको हावापानी समशितोष्ण प्रकारको छ। भौगोलिक हिसाबले समथल जमिनदेखी शिवपुरी लेकसम्मको अवस्थिति रहेको छ।

यस नगरपालिको क्षेत्रभित्र मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरु क्रमशकागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठभैरव मन्दिर, सिमतिर्थ, गीता मन्दिर, तेजविनायक गणेश मन्दिर,सिद्धकाली मन्दिर, महाँकाल भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर साथै अन्य देवी(देवता, गुम्बाहरु जस्ता स्थलहरु रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले १ महिनाको अवधिमा १ करोड ५७ लाख बढी राजस्व  संकलन गर्‍यो – Upahar Khabar

त्यसै गरी यस नगरपालिका अन्तर्गत पर्ने मुख्य नदीहरु बाग्मती र मनोहरा रहेका छन् भने सोको अलवा साना खोलाहरु वासुकी, झरुवा, ढकाल, कागेश्वरी, महादेव लगायत नियमित पानीको वहाव रहने अन्य साना खोल्सा खोल्सीहरु समेत रहेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality | Kathmandu

प्रशासनिक विभाजन अनुसार यस नगरपालिकामा नौ वटा वडाहरु रहेका छन् । राष्ट्रिय जनगणना,२०७८ अनुसार यस नगरपालिकामा जम्मा ३३,७६४ परिवार संख्या र जनसंख्या १,३०,४३३ रहेको छ ।

औशत १७०० मिलिमिटर बर्षा हुने यस नगरपालिकाको पूर्वतर्फ रहेको मनोहरा फाँट र पश्चिमतर्फ रहेको वाग्मती फाँट कृषि उपजका लागि महत्वपूर्ण मानिन्छन् ।

यहाँको महत्वपूर्ण कृषि उत्पादनमा धान, गहुँ, मऔसमी तथा वेमौसमी तरकारी र गोलभेडा खेती रहेका छन्।

कागेश्वरी मनोहरा नगरपालिकाको आफ्नै 'नगर-गान' सार्वजनिक — Hamro Sanchar

यस क्षेत्र भै बग्ने नदी तथा खोलाहरुको पानीबाट सिंचाई सुबिधा उपलब्ध गराउन सके कृषि क्षेत्रको व्यवसायीकरण हुन गै जनताको जीबनस्तरमा थप सुधार हुने सम्भावना संगसंगै रहेको छ ।

पूर्वतर्फ रहेको मनोहरा फाँट र पश्चिमतर्फ रहेको वाग्मती फाँट कृषि उपजका लागि महत्वपूर्ण मानिन्छन् ।

यहाँको महत्वपूर्ण कृषि उत्पादनमा धान, गहुँ, मऔसमी तथा वेमौसमी तरकारी र गोलभेडा खेती रहेका छन्।

यस क्षेत्र भै बग्ने नदी तथा खोलाहरुको पानीबाट सिंचाई सुबिधा उपलब्ध गराउन सके कृषि क्षेत्रको व्यवसायीकरण हुन गै जनताको जीबनस्तरमा थप सुधार हुने सम्भावना संगसंगै रहेको छ ।

भाेलि काय अष्टमीका दिन काठमाडाैँकाे कागेश्वरीमा मेला « Nepal Page

कागेश्वरी मनोहरा नगरपालिका वडा नं–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको कागेश्वरी धामलाई धार्मिक पर्यटीय स्थलका रुपमा विकास गरिने भएको छ ।

कात्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहारका अवसरमा कागेश्वरी महादेव मन्दिर परिसरमा निर्माण भएको २२७ किलो अष्टधातुको कागको मूर्तिमा माल्यार्पण भएको छ ।

धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न धाम जाने सिँढी बनाउन प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको थियो । यहाँ दुई हजार सिँढी निर्माण भइरहेको छ ।

यस वर्ष पनि प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको छ ।

धाम नजिकै निर्माण भइरहेको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार ४०० किलो अष्टधातुको विश्वकै ठूलो कागको मूर्ति निर्माण भइरहेको छ ।

कागको ठूलो मूर्ति स्थापनापछि गोकर्णेश्वर महादेव, राष्ट्रिय शहीद स्मारक, तारेभीर, सुन्दरीजल, सुन्दरीमाई, कागेश्वरी, नवतनधाम, मणिचुड, बज्रयोगिनी, ऐतिहासिक नगर साँखु र सालिनदी क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न यस क्षेत्रका गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकाका बीचमा सहकार्य भइरहेको जनाइएको छ ।

कागेश्वरी धाममा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन ठूलो मेला लाग्ने गर्छ । यस दिन यहाँ आई पूजा आराधना गरेमा कागको स्पर्शजन्य दोषबाट मुक्ति मिल्ने, मकै लगायत अन्नबाली चढाएमा बारीमा पसेर कागले नखाने लगायत जनविश्वास रहेको छ ।

Untitled
Untitled
Untitled