२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

काभ्रे मालपोतमा अख्तियारको छापा, २ लाख घुससहित एक कर्मचारी नियन्त्रणमा

Untitled
Untitled
Untitled

काभ्रे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय काभ्रेमा छापा हानेको छ ।

त्यसक्रममा २ लाख रूपैयाँ घुस रकमसहित एक जना कर्मचारीलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले २ लाख रूपैयाँ घुस रकमसहित एक कर्मचारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘कर्मचारीको नाम अहिले थाहा हुनसकेन । तर, २ लाख रूपैयाँ नगदसहित पक्राउ गरिएको हो,’ उनले भने, ‘केही समयमै प्रेस रिलिज जारी हुन्छ ।’

 

Untitled
Untitled
Untitled